logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • राशिफल ८ फागुन : तुलाको सामूहिक यात्रा, वृश्चिक नयाँ काममा लाग्ने, तपाईँको दिन कस्तो?

    राशिफल ८ फागुन : तुलाको सामूहिक यात्रा, वृश्चिक नयाँ काममा लाग्ने, तपाईँको दिन कस्तो?

    10.6K
    SHARES
    राशिफल ८ फागुन : तुलाको सामूहिक यात्रा, वृश्चिक नयाँ काममा लाग्ने, तपाईँको दिन कस्तो?

    वि.सं.२०८२ साल फाल्गुन ८ गते । शुक्रबार । इस्वी सन् २०२६ फेब्रुअरी २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष ।



     

    आजको राशिफल

    • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म प्राप्तको निमित्त लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।  स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गर्नेहरूका लागी आजको दिन उत्तम रहनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । तर पनि नियम सङ्गत काम नगर्नाले दुख पाइन सक्छ ध्यान दिनुहोला । अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कनु नै राम्रो रहनेछ ।
    • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आय भावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
    • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ ।
    • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । व्यापार व्यवसाय तथा शेयर बजारमा  लगानी गरी नाफा कमाउन सकिनेछ ।
    • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
    • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । काम वा अध्ययनको सवालमा विदेश यात्राको योग रहेको छ । दैनिक उपभोग्य सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
    • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरूसँग भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
    • बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ ।
    • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यातित हुनेछ । आफन्त तथा आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ । पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने ग्रहयोग रहेको छ । तर पनि सामान्य स्वास्थ्य समस्या बढ्नाले अध्ययनमा बाधा हुनेछ । भरसक यात्रालाई स्थगित गर्नु नै राम्रो रहनेछ ।
    • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
    • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्च हुनेछ । काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहौलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
    • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ प्रविधिको प्रयोग मार्फत अध्ययन वा कामलाई निरन्तरता दिन सकिनेछ । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोज ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट