logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • प्रि ओपन सेसन मै ४४.६३ अंकले बढ्यो शेयरबजार

    प्रि ओपन सेसन मै ४४.६३ अंकले बढ्यो शेयरबजार

    1.3K
    SHARES
    प्रि ओपन सेसन मै ४४.६३ अंकले बढ्यो शेयरबजार

    काठमाण्डौ । आज सोमबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से ४४.६३ अंकले बढेको छ। प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढेर २७५७.१२ को बिन्दुमा पुगेको हो।



    प्रि ओपन सेसनमा १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ।

    चुनावको नतिजापछि शेयर लगानीकर्ता उत्साहित देखिएका छन् । चुनावको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने देखिएको छ। अबको प्रधानमन्त्रीमा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह हुने छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले रहने भनिएको छ।

    कम्तिमा ५ वर्ष एउटै पार्टीको सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।


    अर्थ चाैतारी
  • सोमबार, २५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट