logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सिटिजन्स बैंकद्वारा कर्मचारी दिवसका अवसरमा ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान

    सिटिजन्स बैंकद्वारा कर्मचारी दिवसका अवसरमा ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान

    494
    SHARES
    सिटिजन्स बैंकद्वारा कर्मचारी दिवसका अवसरमा ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १९औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा ‘कर्मचारी दिवस’ मनाएको छ । आइतबार चैत १ गते बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी बैंकमा लामो समयदेखि कार्यरत ६२ कर्मचारीहरूलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको हो ।



    बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना कर्मचारीहरूलाई प्रशंसा पत्रसहित ‘दीर्घ सेवा सम्मान’ बाट सम्मानित गर्नुभयो । हालसम्म बैंकमा १० वर्ष सेवा गर्ने २९० जना र १५ वर्ष सेवा गर्ने ६६ जना कर्मचारी पुगेका छन् ।

    समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकलाई नयाँ उचाइमा पुर्‍याउन कर्मचारीहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई आगामी दिनमा अझ बढी जिम्मेवार, लगनशील र प्रतिबद्ध भई ग्राहकको सेवामा समर्पित हुन आग्रह गर्नुभयो । १९ वर्षअघि वैशाख ७ गते ४३ जना कर्मचारीबाट सेवा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत रहेका छन् ।

    ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधिबाट सम्मानित यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा जोड दिइरहेको छ । बैंकले नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ र भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

    साथै, बैंकले युवा पुस्तालाई लक्षित गर्दै “सिटिजन्स जेन-जी सेभिङ्ग एकाउन्ट” र फ्रिलान्सरहरूका लागि “फ्रिलान्सर सेभिङ्ग एकाउन्ट” जस्ता नयाँ निक्षेप योजनाहरू पनि सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ । हाल सिटिजन्स बैंकले देशभरका २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत करिब १९ लाख ९७ हजार ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट