logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • हुन्डी र क्रिप्टो कारोबार गर्ने दुई युवा १ करोड १६ लाख रुपैयाँसहित पक्राउ

    हुन्डी र क्रिप्टो कारोबार गर्ने दुई युवा १ करोड १६ लाख रुपैयाँसहित पक्राउ

    546
    SHARES
    हुन्डी र क्रिप्टो कारोबार गर्ने दुई युवा १ करोड १६ लाख रुपैयाँसहित पक्राउ

    काठमाण्डौ । हुन्डी तथा क्रिप्टो कारोबार गर्ने दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् । १ करोड १६ लाख रुपैयाँ नगदसहित नागार्जुन नगरपालिका ८ भीमढुङ्गास्थित अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् ।



    जिल्ला काठमाण्डौ नागार्जुन नगरपालिका ८ भीमढुङ्गा घर बस्ने पक्राउ पर्नेमा २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेको काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनका अनुसार विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक तीन थान, व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको तीन थान चेकसमेत बरामद गरिएको छ ।

    विभिन्न बैंकको एटीएम कार्ड चार थान, नागरिकता एक थान, दुई वटा चार पाङ्ग्रे सावरीसाधन, एक थान दुई पाङ्ग्रे सवारी साधन, सवारी दर्ता ब्लु बुक,३१ थान एनसेल र एनटीसीको सीमकार्ड, कम्प्युटर एक थान र बैंक खातामा ७ हजार १७५ युएसडी डलरसमेत बरामद गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट