logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ऊर्जा स्थलमा आक्रमण गरिए होर्मुज स्ट्रेट पूरै बन्द गर्ने इरानको चेतावनी

    ऊर्जा स्थलमा आक्रमण गरिए होर्मुज स्ट्रेट पूरै बन्द गर्ने इरानको चेतावनी

    1K
    SHARES
    ऊर्जा स्थलमा आक्रमण गरिए होर्मुज स्ट्रेट पूरै बन्द गर्ने इरानको चेतावनी

    काठमाण्डौ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्ना ऊर्जा स्थलहरूमा आक्रमण गरेमा होर्मुज स्ट्रेट ‘पूर्ण रूपमा’ बन्द गरिने बताएको छ।



    इरानी मिडियामा प्रकाशित विज्ञप्तिमा आईआरजीसीले भनेको छ, ‘यदि इरानको ऊर्जा स्थलहरूमा आक्रमण भयो भने हाम्रा नष्ट गरिएका पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म हामी होर्मुज स्ट्रेट खोल्ने छैनौँ।’ अनि इजरायलमा रहेका पावर प्लान्ट, ऊर्जा प्रतिष्ठान र आईटी पूर्वाधारहरूमा व्यापक आक्रमण गर्ने चेतावनी पनि आईआरजीसीले दिएको छ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी अमेरिकी सेयरधनी भएका सबै कम्पनीलाई निसाना बनाउनेछौँ।’ साथै अमेरिकी आधार रहेका देशहरूका पावर प्लान्ट पनि लक्ष्य हुने आईआरजीसीले उल्लेख गरेको छ।

    उल्लेखनीय छ- आइतबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्नेछ र आक्रमण सबैभन्दा ठुलो प्लान्टबाट सुरु गर्नेछ।’


    अर्थ चाैतारी
  • सोमबार, ९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट