logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

    सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

    1.5K
    SHARES
    सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

    काठमाण्डौ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



    राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच शेयर निष्काशन सम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा सालमनीदेवी हाईड्रोपावरका तर्फबाट सञ्चालक पेरश दाहाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार कम्पनीले कुल १७ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । जसमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बुझाउनुपर्ने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ५० हजार कित्ता शेयर जारी गर्ने छन् ।

    सालमनीदेवी हाइड्रोपावर लिमिटेडले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यस आयोजनाले विगत ६ वर्षदेखि अर्थात् २०७६ सालदेखि नै व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आइरहेको छ ।

    कम्पनीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएर शेयर निष्काशनको मिति तय गर्ने जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट