logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन, ५० लाख इकाई खरिद गर्न मिल्ने

    गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन, ५० लाख इकाई खरिद गर्न मिल्ने

    559
    SHARES
    गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन, ५० लाख इकाई खरिद गर्न मिल्ने

    काठमाण्डौ । गरिमा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । फागुन २८ गतेदेखि बिक्री खुला गरेको गरिमा सुवर्ण योजनामा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।



    कम्पनीले १ अर्ब रुपैयाँको प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले कुल इकाईमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार उक्त म्युचुअल फण्ड खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ ।

    कम्पनीको उक्त म्युचुअल फण्डका इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल रहेको छ ।

    लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट