logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • के तपाईले केवाइसी अपडेट गर्नु भएन ? त्यसो भए नेपाल लाइफले तपाईको बीमा दाबी दिंदैन

    के तपाईले केवाइसी अपडेट गर्नु भएन ? त्यसो भए नेपाल लाइफले तपाईको बीमा दाबी दिंदैन

    819
    SHARES
    के तपाईले केवाइसी अपडेट गर्नु भएन ? त्यसो भए नेपाल लाइफले तपाईको बीमा दाबी दिंदैन

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि ग्राहक पहिचान (केवाइसी) व्यवस्थालाई अनिवार्य गरेको छ।



    नेपाल लाइफका ग्राहकले परिपक्व दाबी, मृत्यु दाबी, जीवित लाभ, अग्रिम भुक्तानी, अपाङ्गता, शैक्षिक खर्च लगायतको कुनै पनि दाबी वापतको रकम भुक्तानी लिनका लागि केवाइसी नम्बर अनिवार्य गरिएको छ।

    कम्पनीले सार्वजनिक सूचना प्रकाशन गर्दै सेवा लिने क्रममा वा स्वेच्छिकरूपमा पहिचान अध्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ। कम्पनीका अनुसार, ग्राहकको विवरण अध्यावधिक गर्ने क्रममा हालसम्म पनि ग्राहक पहिचान नम्बर प्राप्त प्राप्त नगरेका बीमितको लागि परिष्कृत पहिचान फारममार्फत् विवरण संकलन गरिनेछ।

    पहिचान अध्यावधिक गर्नका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र, हालको बसोबास रहेको ठेगाना, मोबाइल नम्बर, इमेल ठेगाना भए इमेल ठेगाना समेत, बैंक खाता विवरण र बीमित तथा प्रस्तावकको फोटो सहित नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

    कम्पनीका अनुसार, सम्पत्ती शुद्धिकरण, आतंककारी कार्य तथा आम विनाशकारी हतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी नियन्त्रण सम्बन्धि निर्देशन २०८२ को व्यवस्थाका आधारमा केवाइसी अनिवार्य गरिएको हो।

    लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मेटलाइफ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायतले यसअघि नै अनिवार्य केवाइसीको व्यवस्था लागू गरिसकेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट