logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • अनलाइन सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

    अनलाइन सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

    351
    SHARES
    अनलाइन सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

    काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध अनलाइन सट्टेबाजी (बेटिङ) एप र वेबसाइटहरू २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूसँग बसेको बैठकले यस्तो निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको हो ।



    मन्त्रालयको निर्देशनलगत्तै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र अपरेटरहरूलाई पत्राचार गरी बेटिङ एप र वेबसाइट बन्द गर्ने प्रक्रिया सुरु गरिसकेकोले सोही अनुसारको प्रक्रिया अगाडि बढेको प्राधिकरणले जानकारी दिएको छ ।

    मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार अवैध सट्टेबाजी बन्द गर्ने निर्णय गरिएको थियो । अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्ने उद्देश्यले सरकारले यस्तो कदम चालेको हो ।

    मन्त्री डा. तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णयलाई तत्काल कार्यान्वयनमा लैजान मन्त्रालय र सम्बद्ध निकायहरूसँग छलफल गरी यो एक्सन लिएका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयका महाशाखा प्रमुखहरूलाई जनताले प्रत्यक्ष महसुस गर्न सक्ने गरी सेवा प्रवाहको कार्ययोजना पेस गर्न समेत निर्देशन दिएका छन् ।

    मन्त्री तिमिल्सिनाले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरे । डिजिटल शासन र डेटा गभर्नेन्स मा विशेष जोड दिँदै उनले समन्वयात्मक पद्धतिबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

    अबदेखि मन्त्रालयले गर्ने कामको दैनिक रिपोर्टिङ र समीक्षा गरिने तथा मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रगति प्रतिवेदन बुझाउने प्रणाली विकास गरिने मन्त्री तिमिल्सिनाले बताएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट