logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    494
    SHARES
    रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ ।



    गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट