logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

    598
    SHARES
    सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

    काठमाण्डौ । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई १०० दिनभित्रै सुरु गर्ने गरी कार्यविधि निर्माण थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस प्रक्रियालाई अगाडि बढाउन सरोकारवाला पक्षहरूसँग आज छलफल गर्ने भएको छ ।



    मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी कार्यसूची’ कार्यान्वयनका लागि मन्त्रालयले यो पहल सुरु गरेको हो। उक्त कार्यसूचीमा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने उल्लेख छ।

    सोही लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यविधि निर्माण गर्न मन्त्रालयले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’लाई पत्र लेख्दै छलफलका लागि बोलाएको हो। मन्त्रालयका शाखा अधिकृत दुर्गा पौडेलद्वारा हस्ताक्षरित पत्रमा स्पष्ट लिखित सुझावसहित अधिकतम ५ जना प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरिएको छ।

    मन्त्रालयका अनुसार छलफल कार्यक्रम बिहान ११:०० बजे मन्त्रालयको सभाहलमा हुनेछ ।

    656877618_957979660516288_4881353723944698866_n


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट