logo

२०८३ बैशाख १२, शनिबार

logo
  • २०८३ बैशाख १२, शनिबार
  • महासंघ चुनाव : यस्तो बन्यो हेमराज ढकालको प्यानल

    महासंघ चुनाव : यस्तो बन्यो हेमराज ढकालको प्यानल

    390
    SHARES
    महासंघ चुनाव : यस्तो बन्यो हेमराज ढकालको प्यानल

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समूह पनि होमिएको छ। वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समूहले प्यानल नै उम्मेदवारी दिने घोषणा गरेको छ भने एसोसिएट्सतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पाना गैरेले उम्मेदवारी घोषणा गरेकी छिन् ।



    महासंघका हालका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन यो समूहलाई छ। वस्तुगततर्फका उपाध्यक्ष श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा हालका अध्यक्ष ढकालले अझै पनि आफू सर्वसम्मतिको पक्षमा रहेको बताए।

    ‘केही प्रदेशमा सर्वसम्मतिमै नेतृत्व चयन गर्न सफल भएको छु, यदि विधानको मर्मविपरीत यो प्रयासमा अड्चन ल्याउँदै आफ्नो टिम बनाएर अघि बढे हेमराज ढकालको समूहलाई मेरो समर्थन हुनेछ’, ढकालले भने।

    यसअघि आफू स्वत: अध्यक्ष हुने समयमा तटस्थ बसेका अध्यक्ष ढकालले स्वतन्त्र प्रतिस्पर्धामा निर्वाचन गराएका थिए। उनले अहिले पनि महासंघलाई ध्रुवीकरणबाट रोक्नुपर्नेमा जोड दिँदै आएका छन्। उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ।

    यसैगरी सदस्यहरुमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादूर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी छन्।

    यस्तै महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन्। उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टीम निर्माण गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट