logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • उज्वल थापाको जीवनवृत्त समेटिएको ‘दिमाग घोच्ने मान्छे’ अब ओटीटीमा

    उज्वल थापाको जीवनवृत्त समेटिएको ‘दिमाग घोच्ने मान्छे’ अब ओटीटीमा

    858
    SHARES
    उज्वल थापाको जीवनवृत्त समेटिएको ‘दिमाग घोच्ने मान्छे’ अब ओटीटीमा

    काठमाण्डौ । नेपालमा वैकल्पिक राजनीतिको जग बसाल्ने अभियन्ता तथा दूरदर्शी चिन्तक स्वर्गीय उज्वल थापाको जीवनयात्रामा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आधिकारिक रूपमा डिजिटल प्लेटफर्ममा प्रदर्शन सुरु भएको छ। अब यो वृत्तचित्र विश्वभरका दर्शकले ओभर द टप (ओटीटी) प्लेटफर्म डी गो (DGO) मार्फत हेर्न सक्नेछन्।



    निर्माण पक्षले यो वृत्तचित्र प्रदर्शनबाट हुने आम्दानीको ठूलो हिस्सा ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गर्ने घोषणा गरेको छ। यसबाट थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा अगाडि बढाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ।

    एक पुस्तालाई झक्झक्याउने कथा
    ‘दिमाग घोच्ने मान्छे’ ले थापाको बाल्यकाल, अमेरिकाको अध्ययन र नेपाल फर्किएपछि उद्यमशीलतामार्फत देश परिवर्तनका लागि उनले गरेको कठिन संघर्षलाई मसिनोसँग प्रस्तुत गरेको छ। वृत्तचित्रमा उनीसँग सम्बन्धित दुर्लभ भिडियो फुटेजहरूका साथै उनका सहयात्री, साथीभाइ र आलोचकहरूका अनुभवहरू समेटिएका छन्। यसले समाजलाई प्रश्न गर्न र नागरिकलाई आफैं जिम्मेवार बन्न प्रेरित गर्ने एक व्यक्तिको वास्तविक चित्रण गरेको छ।

    विश्वभरका दर्शकले हेर्न पाउने
    नेपाल र विदेशमा रहेका दर्शकका लागि डी गो एपमा फरक–फरक शुल्क निर्धारण गरिएको छ:

    नेपाल: रु. १९९

    अमेरिका र अष्ट्रेलिया: ४.९९ डलर

    अन्य देशहरू: २.९९ डलर

    फाउन्डेसनको लक्ष्य
    उज्वल थापाको विचार र सपनालाई जीवित राख्न स्थापित फाउन्डेसनले हाल युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। यो वृत्तचित्र समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री हुने बताइएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट