त्यसैगरी कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ८ करोड पुगेको छ । यस्तो सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
त्यस्तै चालू खाता ५ खर्ब ५२ अर्ब ८५ करोड र शोधनान्तर रु.६५८ अर्ब ३५ करोड बचतमा रहेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.७ प्रतिशतले र अमेरिकी डलरमा ३१.० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको फागुन महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहेको छ।
निर्यात २०.८ प्रतिशतले र आयात १२.५ प्रतिशतले बढेको यो अवधिमा नेपाल सरकारको खर्च ९२६ अर्ब ५९ करोड र राजस्व परिचालन रु.७४७ अर्ब २८ करोड रहेको छ।
विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.६८ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४७ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशत रहेको छ।
