logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • हिलोरा हिल्स रिसोर्टले निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    हिलोरा हिल्स रिसोर्टले निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    819
    SHARES
    हिलोरा हिल्स रिसोर्टले निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाण्डौ । हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १ सय रुपैयाँ अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४०,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।



    उक्त शेयर निष्काशनका लागि हिलोरा हिल्स रिसोर्ट लिमिटेडको तर्फवाट संचालक ई. दिप विक्रम विष्ट तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो ।

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको, काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने र पहाडहरुको बीचमा अलौकिक तरिकाबाट निर्माण भएको भक्तपुरमा स्थित हिलोरा हिल्स रिसोर्ट हो ।

    हिलोरा हिल्स रिसोर्ट लिमिटेडमा १०० वटा भन्दा बढी राम्ररी सजिएका कोठाहरू र सो कोठाहरुबाट फरक समयमा फरक प्राकृतिक दृश्य देखिने गरी निर्माण गरिएको, स्काई भ्यू रेस्टुरेन्ट, ईन्डोर स्विमिंग पूल र पिकनिक स्पट रहेका छन् । रिसोर्टले १५०० देखि २००० व्यक्तिहरुका लागि भोज, सम्मेलन लगायतका कार्यक्रम संचालनका लागि समेत यो रिसोर्ट उपयुक्त रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट