logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • मध्यपूर्वको तनावले ३८ नेपालीको शव ल्याउन ढिलाइ

    मध्यपूर्वको तनावले ३८ नेपालीको शव ल्याउन ढिलाइ

    1.3K
    SHARES
    मध्यपूर्वको तनावले ३८ नेपालीको शव ल्याउन ढिलाइ

    काठमाण्डौ । परराष्ट्र मन्त्रालयले इजरायल-अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा विभिन्न कारणले मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको जनाएको छ।



    शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा शव ल्याउन ढिलाइ भएको जानकारी दिए। प्रवक्ता क्षेत्रीका अनुसार, रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी ३८ शव नेपाल ल्याउन बाँकी छ।

    विभिन्न समयमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको प्रवक्ता क्षेत्रीको भनाइ छ। ‘उडान अवरुद्ध भएका कारण त्यहाँ विभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव नेपाल ल्याउने विषयमा हामी गम्भीर छौँ,’ उनले भने।

    त्यस्तै, मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएको उनले जानकारी दिए।

    पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको संख्या क्रमशः घट्दै गएको उनले बताए।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट