logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • जलशक्ति हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    जलशक्ति हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    364
    SHARES
    जलशक्ति हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाण्डौ । जलशक्ति हाइड्रो कम्पनी लिमिटेड कम्पनीले प्रतिशेयर अंकित मुल्य रु.१०० दरको १,००,००,००० कित्ता शेयरले हुने रकम रु.१,००,००,००,००० बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकहरु, आयोजनामा कार्यरत कर्मचारीहरु, सामुहिक लगानी कोषहरु तथा सर्वसाधारण समेतमा जारी गर्न लागेको छ ।



    संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहने यस कम्पनीको जारी पुँजी रु.२ अर्व ५० करोड रहने छ ।

    कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

    नियुक्ति सम्बन्धि सो सम्झौता पत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले एक समारोहका बीच हस्ताक्षर गरे ।

    जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाकोे पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट