logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • भैरहवाबाट पक्राउ परे सुलभ अग्रवाल

    भैरहवाबाट पक्राउ परे सुलभ अग्रवाल

    442
    SHARES
    भैरहवाबाट पक्राउ परे सुलभ अग्रवाल

    काठमाण्डौ । दीपक भट्टका व्यावसायिक साझेदार सुलभ अग्रवाल भैरहवाबाट पक्राउ परेका छन्। भट्टसँग आवद्ध शंकर समूहका चेयरम्यान शंकर अग्रवाल शुक्रबार पक्राउ परेसँगै उक्त समूहका भाइस चेयरम्यान सुलभ अग्रवाल पनि पक्राउ परेका हुन्। सुलभ शंकर अग्रवालका छोरा हुन् ।



    भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदारमाथि पनि धरपकड सुरु भएको हो । शंकर अग्रवालपछि प्रहरीले सुलभको खोजी गरेका थिए । प्रहरीले खोजी गर्दै गर्दा सुलभ भारत पुगेको जानकारी पाएका थिए ।

    उच्च प्रहरी अधिकारीका अनुसार सुलभको व्हाट्सअपमा फोन गरेर नेपाली सीमामा बोलाइएको थियो । भैरहवामा आइपुगेपछि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीको भनाई छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई पक्राउ गरेको हो। भट्टसँगको सम्बन्धको आधारमा उनलाई पक्राउ गरिएको हो ।

    भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप अघि बढाएको प्रहरीको भनाई छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट