logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

    उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

    195
    SHARES
    उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

    काठमाण्डौ । उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ गाउँपालिका–५ स्थित लोमान्थाङ गाउँसहित आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको हो ।



    गत शुक्रबारदेखि परेको वर्षापछि तापक्रम घटेसँगै उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लोमान्थाङ गाउँ तथा कोरोला नाकासम्मका क्षेत्रमा हिमपात भएको स्थानीयहरूले बताएका छन् ।

    हिमपातका कारण उच्च हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै जनजीवन र आवतजावतमा समस्या उत्पन्न भएको छ । विशेषगरी लोमान्थाङ र कोरोला बोर्डर क्षेत्रमा बाक्लो हिउँ जम्दा यातायात सेवा प्रभावित भएको जनाइएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट