logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अर्याल सभामुखमा निर्विरोध निर्वाचित

    अर्याल सभामुखमा निर्विरोध निर्वाचित

    520
    SHARES
    अर्याल सभामुखमा निर्विरोध निर्वाचित

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।



    आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

    अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए ।

    त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट