logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ७ हजार बढी अनलाइन सट्टेबाजीका एप र वेबसाइट बन्द

    ७ हजार बढी अनलाइन सट्टेबाजीका एप र वेबसाइट बन्द

    715
    SHARES
    ७ हजार बढी अनलाइन सट्टेबाजीका एप र वेबसाइट बन्द

    काठमाण्डौ । सरकारले ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजीका एप र वेबसाइट बन्द गरेको छ।



    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई यस्ता एप र यूआरएल बन्द गर्न भनेको थियो।

    प्राधिकरणका अनुसार मन्त्रिपरिषद्को चैत १३ को निर्णय र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको चैत १५ को निर्देशनपछि यस्ता एप र यूआरएल बन्द गर्ने प्रक्रिया अघि बढेको थियो।

    २४ घण्टाभित्र बन्द गर्ने सरकारको नीतिअनुसार तत्काल कदम चालिएको थियो।

    मुलुकी अपराध संहिता २०७४ अनुसार सट्टेबाजी गर्न पाइँदैन। यस्तो कसुर गरेमा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। विज्ञापन ऐन २०६६ ले सट्टेबाजीसम्बन्धी प्रचारप्रसारमा समेत रोक लगाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट