आज साेमबार, २३ चैत २०८२ (६ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। इच्छा-आकाङ्क्षा पूर्ण हुन्छन्। नयाँ ज्ञान सिक्ने मौका छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
वृष: बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। कतै भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी समय त्यति भरपर्दो छैन।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मिथुन: घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: स्वास्थ्य प्रतिकूलता रहन सक्छ, अतः सजग रहनु उचित देखिन्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
सिंह: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मन्त्र- असफलता पनि सिकाइ हो।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६०, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। परिवारमा मायामा कमी आउनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
तुला: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुन सक्छन्। स्वास्थ्य मापदण्डलाई ख्याल गर्नु होला। साँझमा धनलाभ हुन सक्छ। मन्त्र- मेरो सोच नै मेरो शक्ति हो।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
धनु: नयाँ ज्ञान मिल्नेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। नयाँ काममा सफलता मिल्न सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा सक्खर खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: ठिक समयमा सही निर्णय लिन सकिनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मीन: किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। तीर्थाटनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। मन्त्र- धैर्यताले सही समय ल्याउँछ।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
अर्थ चाैतारी ।