logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरालाई टार्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ : सांसद रोकाय

    सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरालाई टार्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ : सांसद रोकाय

    559
    SHARES
    सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरालाई टार्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ : सांसद रोकाय

    काठमाण्डौ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले कदम चाल्नुपर्ने उनको भनाई थियो ।



    सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए ।

    उनले भने, ‘सेयर बजारमा लगानी कर्ताले करिब ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्योगी व्यवसायी माथि गरेको एक्सनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ ।’

    सांसद रोकायाले पूँजी बजार अब बढ्न नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट