logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    468
    SHARES
    सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणलाई चैत्र २२ गतेदेखि ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।



    आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

    कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफांड गरि सकेको छ।

    नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।

    यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट