logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • एउटा रुटमा १८ देखि ५२४ रुपैयाँसम्म बढ्यो गाडीभाडा, कुन रुटमा कति ?

    एउटा रुटमा १८ देखि ५२४ रुपैयाँसम्म बढ्यो गाडीभाडा, कुन रुटमा कति ?

    416
    SHARES
    एउटा रुटमा १८ देखि ५२४ रुपैयाँसम्म बढ्यो गाडीभाडा, कुन रुटमा कति ?

    काठमाण्डौ । लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडादर वृद्धि भएको छ। नयाँ सूचीअनुसार सार्वजनिक सवारीको भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको छ।



    सार्वजनिक गरिएको २८० वटा विभिन्न रुटहरूको भाडा सूचीअनुसार सबैभन्दा कम नारायणगढ–कावासोती बजारसम्म १८ रुपैयाँ भाडा बढेको छ । त्यस्तै, सिन्धुलीमाढी–बर्दिबास रुटमा जम्मा १९ रुपैयाँ भाडा बढेको छ। उक्त रुटको पुरानो भाडा १११ रुपैयाँ रहेकोमा अब १३० रुपैयाँ पुगेको छ।

    त्यसैगरी, सबैभन्दा धेरै काठमाण्डौ–अत्तरिया हुँदै बाजुराको मार्तडी पुग्ने रुटमा ५२४ रुपैयाँ भाडा बढेको छ । पुरानो भाडा ३ हजार १३२ रुपैयाँ रहेको यो रुटमा यात्रा गर्न अब ३ हजार ६५६ रुपैयाँ तिर्नुपर्नेछ। दोस्रो धेरै भाडा काठमाडौँ–अत्तरिया–चैनपुर (बझाङ) रुटमा ५२० रुपैयाँले बढेर ३ हजार ६३५ रुपैयाँ पुगेको छ।

    राजधानी काठमाण्डौबाट बाहिरिने प्रमुख गन्तव्यहरूको भाडा पनि उल्लेख्य रूपमा बढेको छ। काठमाडौँबाट पोखरा जाने यात्रुले अब १०९ रुपैयाँ बढी तिर्नुपर्नेछ भने काठमाण्डौबाट धनगढी जान ३३६ रुपैयाँ थप लाग्नेछ।

    गाडीभाडा, कुन रुटमा कति ? (सूची)

    Skip to PDF content


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट