logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक

    पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक

    494
    SHARES
    पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक

    काठमाण्डौ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी पवन भट्टराईले बताए ।



    लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।

    मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट