logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • काममा ढिलासुस्ती गर्ने २५ ठेकेदारलाई अल्टिमेटम : १५ दिनभित्र स्पष्टीकरण नदिए ठेक्का तोडिने

    काममा ढिलासुस्ती गर्ने २५ ठेकेदारलाई अल्टिमेटम : १५ दिनभित्र स्पष्टीकरण नदिए ठेक्का तोडिने

    338
    SHARES
    काममा ढिलासुस्ती गर्ने २५ ठेकेदारलाई अल्टिमेटम : १५ दिनभित्र स्पष्टीकरण नदिए ठेक्का तोडिने

    काठमाण्डौ । सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीले सम्झौता बमोजिम काम नगर्ने र निर्माणमा चरम ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीहरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ ।



    शुक्रबार एक सूचना प्रकाशित गर्दै कार्यालयले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति न्यून रहेको र पटक–पटकको लिखित तथा मौखिक ताकेता गर्दा समेत काममा कुनै चासो नदेखाएको भन्दै निर्माण व्यवसायीहरूलाई अन्तिम चेतावनी दिएको हो ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ का साथै ठेक्का सम्झौताका सर्तहरू बमोजिम ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको छ ।

    निर्माण व्यवसायीहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई चित्तबुझ्दो र विश्वसनीय स्पष्टीकरणका साथै अविलम्ब काम सम्पन्न गर्ने यथेष्ट कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ ।

    सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण र कार्ययोजना प्राप्त नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता रद्द गरिनेछ। साथै, सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कालोसूचीमा राख्ने लगायतका सम्पूर्ण कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट