काठमाडौ । मुस्ताङको नेपाल–चीन सीमास्थित कोरला नाका नजिकै आइतबार बिहान एक जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। काठमाण्डौ र पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको टोयटा हायस जिप अनियन्त्रित भई सडकबाट खसेको हो।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्मका गणपति डिएसपी भेषराज गिरीका अनुसार नाकाभन्दा करिब एक किलोमिटर दक्षिणतर्फको भिरालो सडकमा जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी काठमाण्डौको तारकेश्वर निवासी ३१ वर्षीय चालक नागमिन सुब्बा घाइते भएका छन्। जिपमा चालकसहित पाँच जना सवार रहे पनि अन्य यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते चालकलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको डिएसपी गिरीले जानकारी दिए। कच्ची र भिरालो सडकका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
अर्थ चाैतारी ।