काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफु र आफ्नो परिवारका सदस्यको नाममा धनकुटामा १९ रोपनी, चितवामा ३० कट्ठा, र गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । गोरखाको जग्गा बाजेको रहेको र परिवारमा बाँडफाँड हुन बाँकि रहेको उनले उल्लेख गरेका छन् ।
त्यस्तै ८९ तोला सुन र ६ किलो चाँदी रहेको बताएका छन् । उनले बैंक खातामा ६१ लाख ६२ हजार नगद रहेको उल्लेख गरेका छन् ।
त्यस्तै उनले २ करोड ७४ लाख बराबरको धितोपत्र बजारमा कारोबार हुने शेयर रहेको बताएका छन् । उनीसँग होप होल्डिंग प्रालि, लगुम प्रिमियम अपार्टमेन्ट प्रालि, र एडभेन्चर भिल्ला प्रालिको पनि शेयर रहेको छ।
अर्थ चाैतारी ।