logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    208
    SHARES
    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    काठमाण्डौ । राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि सुरू हुँदैछ। आर्थिक गणनाका लागि देशभर छनोट भएका गणक र सुपरीवेक्षकलाई पाँच दिनको तालिम दिएर कार्यस्थलमा खटाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।



    आगमी वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन गर्न लागिएको हो। जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले देशभर एकसाथ यही चैत २६ गतेदेखि ३० गतेसम्म गणक र सुपरीवेक्षकलाई तालिम प्रदान गरिएको बताए।

    बागलुङमा ३३ गणक र पाँच सुपरीवेक्षक आर्थिक गणनामा खटिनेछन्। ‘पाँच दिनको तालिम पूरा गरेर गणक र सुपरीवेक्षक तोकिएका क्षेत्रमा पुग्नुभएको छ’, उनले भने, ‘वैशाख २ गतेदेखि आर्थिक गणना कार्य सुरू हुँदैछ।’ सत्यतथ्य र विश्वसनीय रूपमा आर्थिक विवरणरतथ्याङ्क सङ्कलन गर्नका लागि गणक र सुपरीवेक्षकलाई प्रशिक्षित गरिएको छ।

    औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास लक्ष्य मापन, प्रतिस्पर्धी क्षेत्रको उजागर, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा योगदानको मापनलगायत आर्थिक गणनाका विषय हुन्।

    जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए उनले मुलुकको नीति तथा योजना निर्माणका लागि आर्थिक गणना महत्वपूर्ण रहेकोमा जोड दिए।

    आर्थिक गणनामा विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठान व्यवसायको गणना गरिने छ। . यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा सञ्चालन गरिएको थियो। रासस


    अर्थ चाैतारी
  • मंगलबार, १ बैशाख २०८३
  • सम्बन्धित समाचार