logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ११ वर्ष ५१ दिनपछि बिहारको मुख्यमन्त्रीबाट बिदा भए नितिश कुमार

    ११ वर्ष ५१ दिनपछि बिहारको मुख्यमन्त्रीबाट बिदा भए नितिश कुमार

    351
    SHARES
    ११ वर्ष ५१ दिनपछि बिहारको मुख्यमन्त्रीबाट बिदा भए नितिश कुमार

    काठमाण्डौ । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्यपालसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा एक्समार्फत सार्वजनिक गरेका छन् ।



    एक्समार्फत राजीनामा दिएको पुष्टि गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् । यस्तै उनले आगामी सरकारलाई पूरा सहयोग र मार्गनिर्देशन दिने पनि प्रतिबद्धता जनाएका छन् । यस्तै उनले मुख्यमन्त्रीमा आफ्नो कार्यकालको पनि स्मरण गरेका छन् ।

    उनले लेखेका छन्, ‘२४ नोभेम्बर २००५ मा पहिलो पटक एनडीए सरकार बनेको थियो । त्यहाँदेखि राज्यमा कानुनको राज छ र हामी लगातार विकासका काममा लागेका छौं ।’

    आफ्नो कार्यकालमा बिहार राज्यका सबै धर्म, जाति, समुदाय, वर्ग तथा तह र तप्का जनताको विकास भएको नितिश कुमारको दाबी छ । ‘हर क्षेत्रमा काम भएको छ । चाहे शिक्षा होस्, चाहे स्वास्थ्य होस्, विद्युत् होस्, कृषि होस्,’ उनले लेखेका छन्, ‘महिला र युवाका लागि पनि धेरै काम गरिएका छन् ।’

    नितिशकुमार यही मार्चमा बिहारबाट राज्यसभा(केन्द्रको माथिल्लो सदन)को सदस्यमा निर्वाचित भएका थिए । जसका लागि उनले सांसद पदको शपथ पनि लिइसकेका छन् ।

    नितिश कुमार पछिल्लो समय बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी(बिजेपी)को सहयोगमा मुख्यमन्त्री थिए ।

    अब नितिश कुमारको ठाउँमा बिहारमा पहिलो पटक बिजेपीको नेतृत्वमा सरकार बन्ने भएको छ । जहाँ नयाँ मुख्यमन्त्रीका रूपमा बिजेपीले सम्राट चौधरीलाई अगाडि सार्ने आजतकले लेखेको छ ।

    बिहारमा पहिलो पटक सन् २००० मा नितिश कुमार सात दिनको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २००५ देखि २०१४ सम्म ८ वर्ष १७७ दिन मुख्यमन्त्री रहे ।

    त्यसपछि बीचमा जितनराम माझी २०१४ देखि २०१५ सम्म २७८ दिन मुख्यमन्त्री रहेका थिए । त्यसपछि भने लगातार ११ वर्ष ५१ दिन मुख्यमन्त्री रहेर आज नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १ बैशाख २०८३
  • सम्बन्धित समाचार