logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढ्यो, साढे ४ अर्ब बढी खुद ब्याज आम्दानी

    सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढ्यो, साढे ४ अर्ब बढी खुद ब्याज आम्दानी

    533
    SHARES
    सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढ्यो, साढे ४ अर्ब बढी खुद ब्याज आम्दानी

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८२ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले ९६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।



    समीक्षा अवधिमा बैंकले ४ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्ष ४ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ९१ करोड ७३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष चैतसम्म बैंकको सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँ मात्र रहेको थियो। नाफा बढे पनि बैंकको वितरणयोग्य नाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

    बैंकले व्यवसाय विस्तारतर्फ चैत मसान्तसम्म २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको निक्षेप २ खर्ब ११ अर्ब र कर्जा १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यद्यपि, बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) मा भने वृद्धि भएको छ। गत वर्ष ५.७१ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष ६.८२ प्रतिशत पुगेको छ।

    हाल १५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। नाफामा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ८.६८ रुपैयाँबाट बढेर ११.२३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट