logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा झन्डै ३ अर्ब

    सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा झन्डै ३ अर्ब

    520
    SHARES
    सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा झन्डै ३ अर्ब

    काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवैमा उल्लेख्य सुधार देखिएको छ।



    चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको व्यावसायिक आम्दानीतर्फ पनि सकारात्मक संकेत देखिएका छन्। समीक्षा अवधिमा बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.०४ प्रतिशतको वृद्धि हो।

    बैंकको कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशत र सञ्चालन मुनाफा २३.४५ प्रतिशतले बढेको विवरणमा उल्लेख छ। लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ, जसले आगामी दिनमा लाभांश वितरणको राम्रो आधार तय गरेको छ।

    वित्तीय अवस्थातर्फ १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४९ पैसाले वृद्धि भई १७ रुपैयाँ ६२ पैसा पुगेको छ। त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात २२.२५ गुणा कायम भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट