logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

    लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

    546
    SHARES
    लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

    काठमाण्डौ । युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष रहेका ढकालले वस्तुगत तर्फबाट उम्मेदवारी दिएका हुन् ।



    ढकाल पूँजीबजारसहित अन्य विभिन्न व्यवसायमा आवद्ध छन् । उनले पूँजीबजारमा आवद्ध रहेका ७२ लाख भन्दा लगानीकर्ताहरूको आवाजलाई महासंघमार्फत नीति निर्माताहरुको तहमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । अर्थतन्त्रको मुख्य इन्जिन निजी क्षेत्र नै भएको र त्यसको मेरुदण्डका रुपमा पूँजीबजार रहेको भन्दै ढकालले यो विषयलाई महासंघको फोरममार्फत सरकार, नीति निर्माता र सरोकारवाला समक्ष आफूले सशक्त रुपमा उठाउने बताएका छन् ।

    उनले धितोपत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरूलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने बताएका छन् । नयाँ वित्तीय उपकरणहरूको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग समन्वय गर्ने तथा कमोडिटिज, फरेन करेन्सी र बुलियन एक्सचेन्ज स्थापनाका लागि पहल गर्ने उनको लक्ष्य छ ।

    साना तथा मझौला उद्यमी व्यवसायहरूलाई पूँजी जुटाउन सहज बनाउने एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन पनि आफूले महासंघमार्फत पहल गर्ने उनको योजना रहेको छ ।

    अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताहरूलाई नेपाली पूँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई सहयोग गर्ने समेत उनले योजना बनाएका छन् ।

    युवा उमेरै धेरै व्यवसायिक र संस्थागत अनुभव हासिल गरिसकेका ढकाल पूँजीबजारमा मात्रै भने सिमित छैनन् । उनले जलविद्युत्, होटल, पर्यटन, कृषि लगायतका विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट