logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सञ्चारकर्मीलाई अवरोध नगरिएको प्रधानमन्त्रीको सचिवालयको प्रष्टीकरण

    सञ्चारकर्मीलाई अवरोध नगरिएको प्रधानमन्त्रीको सचिवालयको प्रष्टीकरण

    520
    SHARES
    सञ्चारकर्मीलाई अवरोध नगरिएको प्रधानमन्त्रीको सचिवालयको प्रष्टीकरण

    विराटनगर । प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी आएका समाचारप्रति प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले साेमबार एक प्रेस नोट जारी गर्दै उक्त घटनाबारे वास्तविक वस्तुस्थिति स्पष्ट पारेको हो।



    सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि प्रधानमन्त्री शाहले सुरक्षाकर्मीसँग त्यसको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सामान्य जिज्ञासा मात्र राखेका थिए।

    उक्त चासो परिसरभित्रको प्रशासनिक सहजता र सवारी व्यवस्थापनसँग मात्र सम्बन्धित रहेको र सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा भिडियो खिच्न नदिन कुनै निर्देशन नदिएको प्रेस नोटमा उल्लेख छ।

    प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालद्वारा जारी नोटमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू कार्यकक्षमा प्रवेश गरिसकेपछि सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई हट्न भनेको गुनासो प्राप्त हुनासाथ सचिवालयले समन्वय गरी त्यहाँ कुनै पनि प्रकारको निषेध नगरिएको जानकारी गराइसकेको थियो।’

    सचिवालयले सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङमा कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ। सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अंकुश वा अवरोधका रूपमा अतिरञ्जित नगर्न पनि सचिवालयले आग्रह गरेको छ।

    नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सचिवालयले लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सञ्चार जगतसँग सहकार्य र पारदर्शिता कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट