logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • झापा ५ मा सुकम्वासीकाे प्रदर्शन, वैकल्पिक व्यवस्था नगरी डाेजर नचलाउन माग

    झापा ५ मा सुकम्वासीकाे प्रदर्शन, वैकल्पिक व्यवस्था नगरी डाेजर नचलाउन माग

    260
    SHARES
    झापा ५ मा सुकम्वासीकाे प्रदर्शन, वैकल्पिक व्यवस्था नगरी डाेजर नचलाउन माग

    दमक । झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरु सोमबार विरोध प्रदर्शन गरेका छन् । याे पालिका प्रधानमन्त्री वालेन्द्र शाहकाे निर्वाचन क्षेत्र झापा ५ मा पर्छ ।



    सरकारले काठमाण्डौसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्तीमा जवरजस्ती डोजर चलाएर उठीबास लगाउने काम गरेको तथा दैनिक जीवन नै कष्टकर बनाएको भन्दै भुमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

    कमल गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी भएका भूमिहीन, सुकुम्वासी तथा श्रमिकहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने र भूमिहीन नागरिकलाई राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने माग राखे ।

    गाउँपालिकाका कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापन पत्र बुझाएको संगठनका अध्यक्ष दिपक गौतमले जनाएका छन् । र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरूले केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेको घटनालाई आधार बनाएर समग्र भूमिहीन तथा सुकुम्वासी समुदायलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए ।

    उनीहरूले वास्तविक भूमिहीन र वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्ने बताए । कार्यक्रमका वक्ताहरूले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन् ।

    उनीहरूले गरीब तथा विपन्न समुदायमाथि बल प्रयोग गरेर समस्या समाधान नहुने भन्दै सरकारलाई सुकुमबासीहरु प्रति मानवोचित व्यभार गर्न आग्रह गरेका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट