logo

२०८३ जेष्ठ २, शनिबार

logo
  • २०८३ जेष्ठ २, शनिबार
  • जीओ अटोमोबाइल्सद्वारा ‍मूल्य निर्धारण तथा बिक्रीपछिको सेवा भरपर्दो बनाउने प्रतिबद्धता

    जीओ अटोमोबाइल्सद्वारा ‍मूल्य निर्धारण तथा बिक्रीपछिको सेवा भरपर्दो बनाउने प्रतिबद्धता

    351
    SHARES
    जीओ अटोमोबाइल्सद्वारा ‍मूल्य निर्धारण तथा बिक्रीपछिको सेवा भरपर्दो बनाउने प्रतिबद्धता

    काठमाण्डौ । सरकारले सञ्चालन गरिरहेको मूल्य पारदर्शिता सप्ताहको अवसरमा नेपालका लागि जेएसडब्ल्यू एमजी सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले एमजी सवारीसाधनका ग्राहकहरूलाई सुलभ स्वामित्व, पारदर्शी स्पेयर पार्ट्स मूल्य निर्धारण तथा भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ ।



    कम्पनीले सरकारको मूल्य पारदर्शिता सप्ताहसँग प्रत्यक्ष रूपमा सहकार्य गर्दै राष्ट्रिय मूल्य र एमजी ब्रान्डको खुलापन, इमान्दारिता तथा सहज गतिशीलताप्रतिको प्रतिबद्धतालाई आत्मसात गरेको बताएको छ ।

    यस क्रममा कम्पनीले नेपालमा उपलब्ध हुने एमजीका जेन्युइन (मूल) स्पेयर पार्ट्सको मूल्य सूची सार्वजनिक गरेको छ । यसले एमजीले सवारी स्वामित्वलाई किफायती र पारदर्शी बनाउने लक्ष्यलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार जेन्युइन एमजी स्पेयर पार्ट्सको मूल्य प्रतिस्पर्धात्मक राखिएको छ, जसले ग्राहकलाई आफ्नो सवारीसाधन मर्मत तथा सञ्चालन गर्दा विश्वसनीय र अनुमानयोग्य खर्च सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ ।

    एमजीका सबै स्पेयर पार्ट्स भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत आयात गरिने भएकाले गुणस्तरमा विश्वसनीयता, छिटो उपलब्धता तथा किफायती मूल्य सुनिश्चित हुने कम्पनीले जनाएको छ । साथै, कम्पनीले समयमै स्पेयर पार्ट्स उपलब्ध गराउने व्यवस्था थप सुदृढ बनाइरहेको र ग्राहकलाई अझ बढी पारदर्शिता प्रदान गर्न वार्षिक मर्मत खर्चसम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

    किफायती स्वामित्व योजनासँगै जी।ओ। अटोमोबाइल्सले नेपालमा आफ्नो बिक्रीपछिको सेवा सञ्जाललाई पनि विस्तार तथा सुदृढ बनाउने कार्य अघि बढाएको छ । यसको सुरुआत काठमाण्डौबाट गरिएको कम्पनीले जनाएको छ । ग्राहक सहायता र सेवा कम्पनीको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गरिएको छ ।

    यी पहलमार्फत कम्पनीले एमजी ग्राहकहरूबीच दीर्घकालीन विश्वास र आत्मविश्वास निर्माण गर्दै भरपर्दो, पारदर्शी तथा ग्राहकमैत्री सवारी स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट