काठमाण्डौ । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाण्डौ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ ।
कार्यालयले शुक्रबार विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा अनुगमन तथा छापा मारेको जनाएको छ । यस क्रममा ६९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि स्क्रिनिङ गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रहरीले शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
शैक्षिक परामर्शका नाममा ठगी, अवैध आर्थिक कारोबार तथा नक्कली कागजातसम्बन्धी अनियमितता भइरहेको विशेष सूचना र उजुरीका आधारमा प्रहरीले यो कारबाही अघि बढाएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अहिले ‘स्क्रिनिङ’ गर्ने काम भइरहेको छ ।
प्रहरीले पछिल्लो समय कन्सल्टेन्सीहरूले विद्यार्थीलाई वैदेशिक अध्ययनमा पठाउने बहानामा मोटो रकम असुल्ने, नक्कली शैक्षिक प्रमाणपत्र र बैंक कागजात बनाउने तथा हुन्डीमार्फत अवैध कारोबार गर्ने गरेको आशंकामा सूक्ष्म निगरानी बढाएको थियो ।
अर्थ चाैतारी ।