logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • अतिक्रमित ५१ टहरामा महानगरको डोजर, मेयर आचार्यद्वारा निरीक्षण

    अतिक्रमित ५१ टहरामा महानगरको डोजर, मेयर आचार्यद्वारा निरीक्षण

    299
    SHARES
    अतिक्रमित ५१ टहरामा महानगरको डोजर, मेयर आचार्यद्वारा निरीक्षण

    पोखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोकमा रहेका सटर र टहराहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पृथ्वी राजमार्गको छेउमा रहेका ५१ वटा टहरा मङ्गलवार बिहानै डोजर लगाएर हटाइएको हो । महानगरले अतिक्रमित संरचना हटाएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् ।



    अमरसिंह माध्यमिक विद्यालयको भोगाधिकारभित्र रहेको यो जग्गामा विगत २०३८ सालदेखि नै टहरा बनाएर व्यावसायिक रूपमा भाडामा लगाइएको पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सन्तोष बास्तोलाले बताएका छन् । यो संरचना हटाउन लामो समयदेखि प्रयास भइरहे पनि यस पटक व्यवसायी, विद्यालय र वडासहितको आपसी समन्वय र सहमतिबाटै टहरा हटाइएको उनले जानकारी दिए ।

    अमरसिंह चोकका टहराहरूमा डोजर पठाउनु अघि पोखरा महानगरपालिकाले सोमवार सर्वपक्षीय बैठक राखेको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहितको उपस्थितिमा भएको उक्त बैठकका सहभागीहरूले राजमार्ग मिचेर बनाइएका यस्ता अनधिकृत संरचनाहरू तत्काल हटाउनुपर्ने सुझाव दिएका थिए । सर्वपक्षीय बैठकको सोही निष्कर्ष र सहमतिपछि महानगरले मङ्गलवार बिहानै सो क्षेत्रमा डोजर परिचालन गरेको हो ।

    महानगरपालिकाले डोजर पठाउनु अगावै व्यवसायीहरूले आफ्ना सटर तथा पसलहरू खाली गरिसकेका थिए । कतिपय व्यवसायीले त टहरा भत्काएर त्यहाँ रहेका आफ्ना बहुमूल्य संरचना र निर्माण सामग्रीहरू समेत सुरक्षित रूपमा निकालेर लगिसकेका छन् ।

    व्यवसायीहरू आफैँले सरसामान र संरचना हटाएर सहयोग गरेपछि अहिले महानगरको डोजरले सो ठाउँमा बाँकी रहेका भग्नावशेष हटाउने र जमिन सम्म्याउने काम मात्रै गरिरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट