काठमाण्डौ । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५३ हजार १७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।
अर्थ चाैतारी ।