logo

२०८३ जेष्ठ ७, विहिबार

logo
  • २०८३ जेष्ठ ७, विहिबार
  • ८ विश्वविद्यालयको उपकुलपति पदका लागि २१८ आवेदन, त्रिविमा सबैभन्दा बढी

    ८ विश्वविद्यालयको उपकुलपति पदका लागि २१८ आवेदन, त्रिविमा सबैभन्दा बढी

    273
    SHARES
    ८ विश्वविद्यालयको उपकुलपति पदका लागि २१८ आवेदन, त्रिविमा सबैभन्दा बढी

    काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयहरूको उपकुलपति (भीसी) पदका लागि प्राप्त अनलाइन आवेदनहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार आह्वान गरिएको विज्ञापनमा उत्साहजनक आवेदन परेको जनाएको हो ।



    गत वैशाख २५ गते प्रकाशित सूचनाका आधारमा देशका प्रमुख ८ वटा विश्वविद्यालयका लागि कुल २ सय १८ वटा आवेदन दर्ता भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पदका लागि सबैभन्दा बढी ५० वटा आवेदन परेका छन् ।

    त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको उपकुलपति बन्न समान ३८/३८ जनाले इच्छा देखाउँदै आवेदन दिएका छन् । मधेश प्रदेशमा रहेको राजर्षि जनक विश्वविद्यालयका लागि २७ वटा आवेदन प्राप्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    यसैगरी, मध्यपश्चिम विश्वविद्यालयका लागि २० जना र सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जना शिक्षाविद्हरूले उपकुलपति पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।प्राविधिक तथा विशिष्टीकृत विश्वविद्यालयतर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ वटा र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति पदका लागि सबैभन्दा कम ११ वटा आवेदन परेका छन् ।

    प्राप्त भएका यी सबै आवेदनहरूको अब स्वीकृत कार्यविधि बमोजिम मूल्याङ्कन, सर्टलिस्टिङ र अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट