logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • हेमराज ढकालको उम्मेदवारी फिर्ता, थप रोचक बन्यो महासङ्घको निर्वाचन

    हेमराज ढकालको उम्मेदवारी फिर्ता, थप रोचक बन्यो महासङ्घको निर्वाचन

    91
    SHARES
    हेमराज ढकालको उम्मेदवारी फिर्ता, थप रोचक बन्यो महासङ्घको निर्वाचन

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि २–२ जना उम्मेदवार बनेका छन् । शुक्रबारका लागि निर्धारित निर्वाचन कार्यक्रमका लागि वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र सुरकृष्ण वैद्य तथा कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल उम्मेदवार बनेका हुन् ।



    यसअघि वरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष हेमराज ढकालले समेत उम्मेदवारी दिएका थिए । अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएर हेमराजले रामचन्द्र संघईलाई सघाउने निर्णय गरेका हुन् ।

    महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठको उम्मेदवारको रूपमा सुरकृष्ण वैद्य छन् । निवर्तमान अध्यक्ष ढकालसहितको टिमले भने संघईलाई सघाउने गरी निर्णय गरेको हो । यसले उक्त चुनाव थप रोचक बनेको छ ।

    उता कोषाध्यक्षमा अञ्जन समूहबाट प्रधान र अर्को समूहबाट पौडेल छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट