काठमाण्डौ । शुभारम्भ हाइड्रोपावरले ६ मेगावाट क्षमताको मध्य मोलुङखोला जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ वैशाख ३० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।
आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ।
यस कम्पनीका अध्यक्ष शम्भु घिमिरे हुन्। अन्य संचालकमा रमेश काफ्ले, भानु खरेल, रत्न गुरुङ र दुर्गा भट्टराई रहेका छन्।
अर्थ चाैतारी ।