logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • वीरगञ्जका मेयर सिंहलाई पक्राउ गर्न अदालतको अनुमति

    वीरगञ्जका मेयर सिंहलाई पक्राउ गर्न अदालतको अनुमति

    507
    SHARES
    वीरगञ्जका मेयर सिंहलाई पक्राउ गर्न अदालतको अनुमति

    काठमाण्डौ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।



    सात दिन भित्रमा पक्राउ परे अदालतमा उपस्थित गराइदिन भनिएको छ। यस्तै त्यो अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गर्न र पक्राउ परे उपस्थित गराइदिन अदालतले जिल्ला प्रहरी कार्यालयलाई भनेको छ।

    अदालतले अनुमति दिएसँगै मेयर सिंहसहितका प्रतिवादीहरूको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। पक्राउ गरेर अदालतमा उपस्थित गराइने उनले बताए। मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ।

    झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो। मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    मेयर सिंहलाई पनि सोही सजाय माग गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट