logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपालको ऋण लो स्ट्रेसमा छ, वैदेशिक ऋण शतप्रतिशत खर्च गर्न गाह्रो छ : अर्थमन्त्री

    नेपालको ऋण लो स्ट्रेसमा छ, वैदेशिक ऋण शतप्रतिशत खर्च गर्न गाह्रो छ : अर्थमन्त्री

    585
    SHARES
    नेपालको ऋण लो स्ट्रेसमा छ, वैदेशिक ऋण शतप्रतिशत खर्च गर्न गाह्रो छ : अर्थमन्त्री

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋणको अवस्था नियन्त्रणभित्रै रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । बजेटको आकार र ऋणको विषयमा भइरहेका आलोचनाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पनि नेपालको ऋणको अवस्थालाई दिगो र न्यून दबाबको सूचीमा राखेको स्पष्ट पारेका हुन् ।



    अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ऋणको आकार डरलाग्दो नभएको दाबी गरे । “भूकम्प अगाडि हाम्रो ऋण र जीडीपीको अनुपात २५–२६ प्रतिशत थियो । भूकम्पपछिको पुनर्निर्माण र कोभिडका कारण यो बढेर ४२–४३ प्रतिशतसम्म पुग्यो,“ वाग्लेले भने, “अहिले पनि हामी त्यही ४३ प्रतिशतकै हाराहारीमा छौँ । यो अनुपात उल्लेख्य रूपमा बढेको छैन ।“

    आगामी आर्थिक वर्षका लागि सरकारले लिएको ऋणको लक्ष्यबारे प्रस्ट पार्दै उनले बाहिर हल्ला भएजस्तो ऋणको भार नथपिने बताए । सरकारले आगामी वर्ष ४ खर्ब १० अर्ब आन्तरिक र २ खर्ब ४७ अर्ब वैदेशिक गरी कुल ६ खर्ब ५७ अर्ब ऋण लिने लक्ष्य राखेको छ । तर, सँगसँगै पुरानो ऋणको सावा–ब्याज पनि तिरिने हुँदा खुद ऋण धेरै नबढ्ने उनको भनाइ छ ।

    “हामीले ४ खर्ब १० अर्ब आन्तरिक ऋण लिँदै छौँ भने २ खर्ब ४६ अर्ब त पुरानो ऋण तिर्दै छौँ । त्यस्तै, वैदेशिक ऋणतर्फ पनि ७२ अर्ब रुपैयाँ तिर्दै छौँ,“ उनले भने, “कुल ६ सय ५७ अर्ब ऋण लिए पनि ३ सय १८ अर्ब त हामीले ऋण नै तिर्दै छौँ । यसलाई खुद (नेट) मा हिसाब गरेर हेर्नुपर्छ ।“ अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण सजिलै खर्च गर्न सकिने भए पनि वैदेशिक ऋण परिचालनमा भने चुनौती रहेको स्वीकार गरे ।

    “वैदेशिक ऋण शतप्रतिशत खर्च गर्न गाह्रो हुन्छ । आन्तरिक ऋण हामी सबै लिन्छौँ र खर्च गर्छौँ,“ उनले भने । लोअर मिडल इन्कम (निम्न मध्यम आय) भएका देशहरूले आर्थिक वृद्धि (ग्रोथ) जेनेरेट गर्ने क्षेत्रमा लगानी गर्छन् भने जीडीपीको ५० प्रतिशतसम्म ऋण लिँदा पनि फरक नपर्ने उनको भनाइ छ ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट