logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • हिजो भारी वृद्धि भएको सुनको मूल्य आज घट्यो, चाँदीको बढ्यो

    हिजो भारी वृद्धि भएको सुनको मूल्य आज घट्यो, चाँदीको बढ्यो

    26
    SHARES
    हिजो भारी वृद्धि भएको सुनको मूल्य आज घट्यो, चाँदीको बढ्यो

    काठमाण्डौ । हिजो भारी वृद्धि भएको सुनको मूल्य आज घटेको छ। हिजो तोलामा २० हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा दुईसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    मूल्य घटेर सुनको भाउ आज तोलाको ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।

    आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट