logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रतिनिधिसभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

    546
    SHARES
    प्रतिनिधिसभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

    काठमाण्डौ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ।



    बैठकमा उत्पन्न अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको जानकारी गराएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित गरिएको घोषणा गरे ।

    विपक्षी दलहरूले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाएपछि संसद्को नियमित कारबाही प्रभावित भएको थियो । त्यसपछि सभामुख अर्यालले दलहरूबीच सहमति र संवादका लागि समय आवश्यक रहेको उल्लेख गर्दै बैठक स्थगित गरेका हुन् ।

    प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्नेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट