logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त, ग्रहण गरे सपथ

    एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त, ग्रहण गरे सपथ

    429
    SHARES
    एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त, ग्रहण गरे सपथ

    काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।



    नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

    अध्यक्ष अशोक कुमार अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु-याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु-याउने विश्वास लिइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट