logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एन्थ्रोपिकले सुरु गर्‍यो आईपीओको तयारी, मूल्याङ्कन १० खर्ब डलर नजिक पुग्ने अनुमान

    एन्थ्रोपिकले सुरु गर्‍यो आईपीओको तयारी, मूल्याङ्कन १० खर्ब डलर नजिक पुग्ने अनुमान

    520
    SHARES
    एन्थ्रोपिकले सुरु गर्‍यो आईपीओको तयारी, मूल्याङ्कन १० खर्ब डलर नजिक पुग्ने अनुमान

    क्यालिफोनिर्या । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले सोमबार प्राथमिक सेयर निष्कासन (आईपीओ)को तयारी गरिरहेको छ । कम्पनी अमेरिकी सेयर नियामक सेकमा गोप्य रूपमा दर्ता प्रक्रिया सुरु गरेको घोषणा गरेको छ । यस कदमले कम्पनीलाई सेयर बजारमा प्रवेश गर्ने बाटो खोलिदिएको छ र यसको मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलरको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।



    कम्पनीले हालसम्म कति सेयर बिक्री गर्ने वा मूल्य कति निर्धारण गर्ने भन्ने जानकारी सार्वजनिक गरेको छैन । तर दर्ता प्रक्रियाले कम्पनीलाई सार्वजनिक कम्पनी बन्ने दिशामा अगाडि बढाएको छ । एन्थ्रोपिक यस वर्ष अपेक्षित तीन प्रमुख एआई कम्पनीहरूको आईपीओमध्ये एक हो । ओपनएआई र स्पेसएक्सले पनि पनि आईपीओ ल्याउँदैछन् ।

    एन्थ्रोपिकको मूल्याङ्कन यस वर्ष उल्लेखनीय रूपमा बढेको छ । फेब्रुअरीमा करिब ३८० अर्ब अमेरिकी डलर रहेको मूल्याङ्कन मे महिनासम्म आइपुग्दा ९६५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।

    कम्पनीले विभिन्न प्रविधि साझेदारीमार्फत अर्बाैं डलरका सम्झौताहरू पनि गरेको छ । अप्रिलमा एन्थ्रोपिकले अमेजन वेब सर्भिसेज (एडब्लुएस) सँग १०० अर्ब डलरभन्दा बढी मूल्यको पूर्वाधार प्रयोग गर्ने प्रतिबद्धता जनाएको थियो । यो पूर्वाधार कम्पनीको लोकप्रिय एआई सहायक ‘क्लाउड’ सञ्चालन र प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट