logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन

    महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन

    208
    SHARES
    महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन

    काठमाण्डौ । महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ । बुधबार काठमाडौँमा शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो ।



    ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरूका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।

    नयाँ बसहरूको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए । महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी बस र २४ वटा माइक्रो बस गरी ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट